केही महिनाअघि मात्र पार्टी प्रबेश गरेकी कोमल वलीलाई राष्ट्रियसभा निर्वाचनमा टिकट दिइएकोमा एमालेभित्र आलोचना भएपछि कोमल वलीले आलोचनाको समेत आफुले स्वागत गर्ने बताएकी छिन् । फेसबुकमार्फत प्रतिक्रिया दिदै उनले सिर्जनात्मक आलोचनालाई स्वागत गर्ने बताएकी छिन् ।
उनले लेखकी छिन्–
‘सबैभन्दा सजिलो केही छ भने त्यो हो–अरुको आलोचना गर्नु र खुट्टा तान्न खोज्नु ।
तर, मेरा प्रतिबद्धता पूरा गर्नेमा म दृढ छु, यही विश्वासमा मलाई ठूलो जिम्मेवारी सुम्पने पार्टीको निर्णयप्रति नमन ! म यो र मप्रतिको नेपालीको विश्वासलाई मर्न दिने छैन ।
सिर्जनात्मक आलोचना सधैं स्वागत गर्नेछु।’
प्रतिक्रिया