बुटबलमा जुत्ता मेला

बुटबलमा जुत्ता मेला


नेपाल युवा उद्यमी मञ्च बुटवलको आयोजना तथा नेपाली जुत्ता घर प्रालि काठमाडौंको सह–आयोजनामा बुटवलमा बुधवारदेखि जुत्ता मेला शुरु भएको छ ।
बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हिराप्रसाद श्रेष्ठले मेलाको उद्घाटन गर्दै यस किसिमका मेलाले आर्थिक क्षेत्रमा सकरात्मक प्रभाव पार्ने धारणा राखे । त्यस्तैै, जुत्ता घर प्रालिका अध्यक्ष हुमनाथ उपाध्यायले नेपालमा वार्षिक ७ करोड जुत्ता खपत हुने भएपनि स्वदेशी उत्पादनले ५० देखि ५५ प्रतिशत मात्र हिस्सा ओगटेको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठ, संघका अध्यक्ष खिमवहादुर हमाल, रुपन्देही उद्योग संघका अध्यक्ष गणेशशप्रसाद अधिकारी, रुपन्देही ब्यापार संघका अध्यक्ष पदम श्रेष्ठ, युवा उद्यमी मञ्चका अध्यक्ष सुमोदमान सैंजूलगायतले जुत्ता व्यवसायको महत्वबारे मन्तव्य दिएका थिए ।

मेलामा ७० रुपैयाँदेखि ७० प्रतिशतसम्म छुटमा जुत्ता उपलब्ध गराइएको आयोजकले बताएका छन् । मेलामा ५० हजार अवलोकनकर्ता सहभागी हुने र एक करोड रुपैयां आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।

– चन्द्रकान्त खनाल