सरकारले महत्वाकाङ्क्षी निर्णय गरेको भन्दै एमाले रुष्ट, ४ बजे डाकियो पत्रकार सम्मेलन

सरकारले महत्वाकाङ्क्षी निर्णय गरेको भन्दै एमाले रुष्ट, ४ बजे डाकियो पत्रकार सम्मेलन


सरकारले पछिल्लो समय महत्वकाङ्क्षी निर्णयहरु गरेको भन्दै एमाले रुष्ट बनेको छ ।

सरकार परिवर्तनको समयमा कामचलाउ सरकारले महत्वाकाङ्क्षी निर्णय गरेको भन्दै एमाले रुष्ट बनेको हो । यसैक्रममा सरकारका पछिल्ला निर्णयहरू बारे आफ्नो धारणा सार्वजनिक गर्न आज एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

पत्रकार सम्मेलन अपराह्न ४ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा हुँदैछ । चुनाव सकेर कामचलाउ बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले दीर्घकालीन प्रकृतिका निर्णयहरु गर्दै आएको एमालेको बुझाई छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले वृद्धभत्ता पाउने उमेर ७० बाट घटाएर ६५ वर्ष बनाएको छ । प्रहरीको सेवावधि ३० वर्षबाट घटाउने तयारी गरिरहेको, भूकम्पपीडितलाई एक लाख थप गरेको र विभिन्न निकायमा भइरहेको नियुक्तिबारे एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने बताइएको छ ।