महिला हिंसा र अग्निपीडितको संख्यामा वृद्धि

महिला हिंसा र अग्निपीडितको संख्यामा वृद्धि


– रामभरत साह

महिला हिंसामा विगत केही समयदेखि वृद्धि भएको तथ्याङ्कले देखाएको छ । महोत्तरी जिल्लामा घरेलु, शारीरिक, मानसिक, सामाजिक तथा बौद्धिक शोषण, दमन र दुर्व्यवहारका घटनामा वृद्धि भएको छ ।

सम्बन्ध विच्छेद, बहुविवाह, दहेज, कुटपिट, गालीगलौज, अवहेलना, घटना, तिरस्कार, बोक्सी आरोप, जबर्जस्ती करणी, वैवाहिक करणी, एकलमहिला घटना र प्रताडना जस्ता घटनामा वृद्धि भएको छ ।

एक तथ्याङ्क अनुसार २०१७ मा ६ सय ६ वटा मानव अधिकार उल्लङ्घनका घटनामध्ये घरेलु हिंसाका २ सय ७३, बलात्कार वा बलात्कारको प्रयासका १२ घटना, बहुविवाह ५, हत्या ८, विभिन्न यातनाका २ घटनाहरू भएको छ ।

नेपालको संविधान २०७२ को भाग ३ को धारा ३८ को उप–धारा ३ अनुसार महिलामाथि धार्मिक, समाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । यस्तो गरिएमा कानुन बमोजिम दण्डनीय हुने छन् र पीडितलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भनिए पनि व्यबहारमा लागु हुन सकेको देखिँदैन ।

धनुषमा १ सय २२ अग्निपीडित
धनुषा जिल्लामा अग्नि हिंसापीडित को संख्या १ सय २२ रहेको बीभीएस नेपाल नामक संस्थाले जनाएको छ । जनकपुर अचंल अस्पतालको रेकर्डअनुसार १ सय २२ जना मध्ये ३६ जना पुरुष र ६ जना महिला रहेको छ । अस्पतालमा उपचारका निमित आएका मध्ये २५ जना घर फर्केका छन्, एकजनाको मृत्यु भएको छ भने २४ जनालाई रेफर गरिएको छ ।