ग्लोबलको थप दुई शाखारहित बैंकिङ सेवा

ग्लोबलको थप दुई शाखारहित बैंकिङ सेवा


ग्लोबल आइएमई बैंकले गुल्मी जिल्लाको छत्रकोट गाउपालिका–४, दिगाममा आफ्नो ६३औँ तथा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–४ वाड्लामा ६४ औँ शाखारहित बैकिङ सेवा सुरु गरेको छ । गुल्मी जिल्लाको छत्रकोट गाउपालिका–४, दिगाममा खोलिएको शाखारहित बैंकिङ सेवाको लागि भगिरथ बहुउद्देश्यसीय सहकारी संस्था र अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–४ वाड्लामा खोलिएको सेवाको लागि स्थानीय पशुपति भट्टराईलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यी दुवै क्षेत्रका बासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ती स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुऱ्याउने उद्देश्यले ११३ वटा शाखा, १२७ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र आजबाट ६४ शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइनलगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको जनाएको छ ।