‘स्वतन्त्र सांसद.. नाम के रे ?’ भन्दै मनाङ्गेसँग टक्टकिए ओली

‘स्वतन्त्र सांसद.. नाम के रे ?’ भन्दै मनाङ्गेसँग टक्टकिए ओली


प्रदेशसभा निर्वाचनमा मनाङ प्रदेश ‘ख’बाट निर्वाचित सांसद दीपक मनाङ्गे (राजीव गुरुङ) लाई सर्वोच्च अदालतले ५ बर्षको जेल सजाँए सुनाएपछि उनको सांसद पद धरापमा पर्ने भएको छ ।

बिहीबार एमालेले आयोजना गरेको पत्रकार भेटघाटमा एमाले अध्यक्ष ओलीले दीपक मनाङ्गेका विषयमा अलि फरक अभिब्यक्ति दिएका छन् । अध्यक्ष ओलीले दीपक मनाङ्गेको कुनै सरोकार नभएको बताएका छन् ।

शुरुमा स्वतन्त्र उम्मेदवारका रुपमा मनाङ ‘ख’ बाट उम्मेदवारी दिएका मनाङ्गेलाई पछि एमालेले साथ दिएको थियो । मनाङ्गेले पनि आफू एमाले सांसद भएको भन्दै हिंडेको बुझिएको छ । तर आफ्नै पार्टीको सांसद रहेका मनाङ्गेलाई अब के गर्नुहुन्छ ? भन्ने पत्रकारहरुको प्रश्नमा अध्यक्ष ओलीले ‘स्वतन्त्र सांसद, नाम के रे ?’ भन्दै जवाफ दिएका छन् । मनाङ्गेलाई के मुद्दा थियो र के फैसला ग¥यो आफूलाई थाहा नभएको भन्दै ओली टक्टकिएका थिए ।

यतिबेला एमालेबाट ललितपुर १ मा सांसद भएका पूर्वडीआईजी नवराज सिलवाल र दीपक मनाङ्गेको विषयमा एमालेभित्र टाउकोदुखाईको विषय बनेको छ । दुबैलाई अदालतले पक्राउ गर्न आदेश दिइसकेको छ । पत्रकार भेटघाटमा एमाले अध्यक्ष ओलीले दिएको अभिब्यक्तिमा सांसद सिलवाललाई काखा र मनाङ्गेलाई पाखा गरेको आभाष भएको छ । अध्यक्ष ओलीले आफू असुरक्षित रहेको सिलवालको वयान स्वाभाविक भएको बताए ।