इटहरी र तिलाठीमा वृहत स्वास्थ्य शिविर हुने

इटहरी र तिलाठीमा वृहत स्वास्थ्य शिविर हुने


हेमशंकर सिंह

राजविराज । सुनसरी जिल्लाको इटहरी र सप्तरीको तिलाठीमा आउदो वैशाखमा बृहद स्वास्थ्य शिविरको आयोजना हुने भएको छ । अमेरिकास्थित कैलाश मेडिकल फाउण्डेसन र लाइन्स क्लब इन्टरनेशनल डिस्ट्रीक्ट फोर सि थ्री को संयुक्त आयोजनामा अप्रिल १२ तारेखमा इटहरी र १६ तारेखमा तिलाठीमा वृहत स्वास्थ्य शिविर आयोजना हुन लागेको हो ।

उक्त शिविरमा आमेरीकाका १३ जना दक्ष एवं विशेषज्ञ चिकित्सक र स्वास्थ्य जनशक्तिको उपस्थिति रहनुका साथै नेपाली चिकित्सक र स्वास्थ्य प्राविधिकहरुको समेत सहभागिता रहने आयोजकले वताएका छन् ।

शिवरबारे जानकारी दिने उद्देश्यले शुक्रबार राजविराजमा लाइन्स क्लबका कार्यक्रम संयोजक मनोज सापकोटाले पत्रकार सम्मेलनको आयोजना गरी शिविरमा सर्वसाधारण बिरामीको शरिरको पूर्ण स्वास्थ्य परीक्षणसहित दाँतसम्बन्धी सम्पूर्ण उपचार र सेवा प्रदान गरिने जानकारी दिए ।

सुनसरीको इटहरीलाई विगतमा कर्मथलो बनाई लामो समय शिक्षण अध्यापन र समाज सेवाको क्षेत्रमा संलग्न रही हाल १५ वर्षदेखि अमेरिकाको क्यालीफोर्नीयामा बस्दै आएका लाइन्स क्लबका गभर्नर राजेन थापाको सक्रियतामा उक्त शिविरको आयोजना हुन लागेको जानकारी समेत उनले दिए ।