हेमशंकर सिंह
राजविराज । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री मात्रिकाप्रसाद यादवले वाम र मधेशवादी दुवैजना देशको कदर गरेर अगाडी बढनुपर्नेमा जोड दिएका छन् ।
‘देशमा वाम गठबन्धन र दुई नम्बर प्रदेशमा जनताले मधेशवादी शक्तिलाई जनादेश दिएको छ, दुवैले देशको कदर गरेर अगाडी बढ्नुपर्छ, उनले भने ।
नेकपा माओवादी केन्द्र सप्तरीको सम्मान ग्रहण गर्न शुक्रबार राजविराज आइपुगेका यादवले प्रदेश नम्बर २ मा वाम गठबन्धनलाई मधेशको जनताले अस्वीकार गरेको समेत स्वीकार गरे । उनले भने–मधेशको जनताले वाम गठबन्धनलाई खुद्रा रुपमा स्वीकार त ग¥यो तर जुन रुपमा गर्नुपर्दथ्यो त्यसरी गरेन ।ु वाम गठबन्धनले मधेशको माग पूरा गर्छ कि गर्दैन भन्ने कारणले पनि मधेशको जनताले गठबन्धनलाई स्वीकार नगरेको तर्क उनले गरे ।
मधेशी जनतामा अझै पनि चेतनाको अभाव रहनुको साथै मधेशवादी दलका केही नेताहरु मुद्दा स्पष्ट गर्नुका साथै भावनामा मात्र मधेशी जनतालाई बगाउन खोजेको र त्यसको भुक्तभोगी सप्तरी समेत भएको दाबी उनले गरे । वामगठबन्धनले मधेशी जनताको भावनालाई आत्मसाथ गर्न नसकेको भन्दै उनले भने वाम विचार छ तर भावना छैन, मधेशमा भावना छ तर विचार छैन ।
दशलाई सवल बनाउन मधेश र पहाड, पहाड र मधेश मिल्न जरुरी रहनुका साथै सहकार्य गर्न जरुरी रहेकोमा उनले जोड दिए । एकअर्काको आलोचना गर्नुभन्दा पनि सूझाव र सल्लाह लिनु र दिनुपर्नेमा उनले जोड दिए ।
दुई नम्बर प्रदेशमा मधेश गठबन्धनको सरकार बन्ने दावी गर्दै उनले मधेशवादी नेताामा संकीर्णता रहेको आरोप लगाए । संकीर्णताका कारण आफ्नो फाइदा समेत उनिहरुले सोच्न नसकेको तर्कसमेत उनले गरे । उनले भने राष्ट्र सभाको निर्वाचनमा हामीसँग तालमेल गरेको भए मधेशवादीले पाँच सिट पाउने थियो तर कांग्रेससँग गठबन्धन गरेर चार सिटमै चित बुझाउन पुग्यो ।
कांग्रेस मधेशको हित गर्ने पार्टी नरहेको आरोप लगाउँदै नेता यादवले मधेशवादीलाई सहि बाटोमा ल्याउने कोसिस गर्नुको साथै कांग्रेससँगको मोह आफुहरुले तोड्न खोजेको र दुई पक्षबीच बढेको दुरी समेत कम गर्न खोजेको बताए । उनले भने कांग्रेस मधेशको हित गर्ने पार्टी भएको भए प्रचण्डले लगेको संविधान संशोधन प्रस्ताव किन जस्ताको त्यस्तै टेवुल गराएनन् ।
अहिलेको राष्ट्रसभाको निर्वाचनमा मधेशवादी र कांग्रेसबीचको गठबन्धनले देशलाई पूनः पहिलो संविधान सभा पछिको अवस्थाको अनुभुती गराएको दावी गर्दै वामको साथ र सहयोगविना संविधान संशोधन हुन नसक्ने तर्क समेत उनले गरे । उनले भने– रामराजाप्रसाद सिंह मधेशवादी र माओवादी दुवैका साझा उम्मेदवार थिए तर नोमिनेसनका बेला मधेशवादी एक पक्ष पल्टिए, फलस्वरुप सिंह राष्ट्रपती हुन नसकेकै कारण त्यतिबेला संविधान समेत निर्माण हुन सकेन ।
उनले अगाडी भने–कांग्रेससँग वाम र मधेशवादीमिलेपछि दुई तिहाई पुग्ने छ र त्यस पछि मात्र संविधान संशोधन हुनेछ, कांग्रेसवाट संविधान संशोधन हुन सक्दैन बुझ्दाबुझ्दै पनि फेरि मधेशवादी दल कांग्रेसको गियरमा फस्दैछ ।
प्रतिक्रिया