यती एअरलाइन्सको नयाँ फड्को

यती एअरलाइन्सको नयाँ फड्को


राष्ट्रसंघीय विकास कार्यक्रमको सहभागितामा यती एअरलाइन्सले ‘कार्वन नेचर’ एअरलाइन्सका रुपमा आफुलाई रुपान्तरण गर्ने औपचारिक कार्यको थालनी गरेको छ । माघ १२ गते आयोजित कार्यशालामा उक्त कुराको जानकारी गराइएको हो ।

सो अवसरमा नेपाल सरकार, नागरिक उडडयन प्राधिकरण, नागरिक समाजका अगुवा संघ संस्थाहरु र निजि क्षेत्रको सहभागितामा एअरलाइन्सले विगत एक वर्षको उत्सर्जन गरेको हरितगृह ग्याँस र त्यसले वातावरणमा पार्ने असरका बारेमा छलफल गरेको थियो ।

हवाईयात्रासँग सम्बन्धित सवारी साधनले वातवरणमा पार्ने प्रभावका बारेमा नेपालमा यस्तो खालको अभ्यासको यती एअरलाइन्सले पहिलो पटक शुभारम्भ गरेको हो ।

नागरिक उडड्यन प्राधिकरण र राष्ट्रसंघिय विकास कार्यक्रम (युएनडिपी) को सहयोगका कारण यती एअरलाइन्स ‘कार्वर नेचुरल’ को दिशामा अघि बढ्ने नेपालकै पहिलो वायुसेवा हुन सफल भएको एअरलाईन्सका प्रमुख कार्यकारी अधिकृत उमेश चन्द्र राईले बताएका छन् । साथै राईले भने, ‘हामी सबैको सहयोगले निश्चय नै यो दिशामा सानै भएपनि ठोस सहयोग पु¥याउन सक्नेछौं ।’

राष्ट्रसंघीय विकास कार्यक्रम नेपालको कन्ट्री डाइरेक्टर रेनोड मेयरले नेपालमा पहिलो पटक यती एअरलाईन्सले आफुलाई ‘कमिटेड नेचुरल कम्पिनी’ का स्वरुपमा रुपान्तरण गर्ने ऐतिहासिक र साहसिक निर्णय गरेकोमा एअरलाईन्सलाईको प्रशंसा गरेका थिए । साथै उनले यो कार्यले अन्य कम्पनीहरुलाई पनि राष्ट्रसंघको ‘दिगो विकास लक्ष्य २०३०’ प्राप्त गर्ने दिशामा ठोस योगदानहरु पु¥याउन प्रेरणा मिल्ने बताए ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले यती एअरलाइन्सको यस निर्णयले प्राधिकरणको उड्डयन क्षेत्रलाई वातावरण मैत्री बनाउने तथा हरित गृह ग्याँस कम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासमा ठोस योगदान पु¥याउन मद्दत पु¥याउने कुरामा विश्वास प्रकट गरेका थिए ।

प्रारम्भिक तथ्याङक अनुसार सन् २०१७ मा यती एअरलाईन्सले १८,१३३ टन कार्वन उत्सर्जन गरेको छ । यसको मुख्य श्रोत भनेको एअरलाईन्सले शहरी क्षेत्रमा पु¥याउने हवाई सेवा वापत वायुयानहरुले प्रयोग गर्ने ईन्धन नै हो । ‘कार्वन न्यट्रिलाइज’ गर्न ४,७०,००० रुख विरुवालाई दश बर्षको समय अवधि लाग्न सक्छ । एअरलाईन्समा नयाँ फ्लीट थप गरेसँगै सन् २०१६ को भन्दा सन् २०१७ मा प्रति यात्रु ७ प्रतिशत र प्रति कि.मी. ११ प्रतिशत कार्वन उत्सर्जन घटेको देखिएको जानकारी गराइएको छ ।

यती एअरलाइन्स भविष्यमा कार्वन उत्र्षजन गर्नका लागि अझ प्रभावकारी मार्गको खोजी, वायुयानको छनोट, कर्मचारीहरुको तालिम, जनचेतनाको वृद्धि र वायुयानमा प्रयोग हुने सामानहरुको भार घटाउनेमा जोड दिने जानकारी गराएको छ ।

नेपालको उड्डयन क्षेत्रमा अग्रणी भुमिका खेल्न प्रतिबद्धता जाहेर गर्दै रोक्नै नसकिने वायु उत्सर्जन कम गर्न ‘युएन सर्टिफाइड’ क्रेडिटको खरिद वा अरु उपयोगी साधनमार्फत मिलेर उसको सुझाव र सल्लाहलाई आत्मसात गर्दै दिगो विकासको लक्ष्य प्राप्त गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।