विद्यालयलाई एक लाख ८० हजार सहयोग

विद्यालयलाई एक लाख ८० हजार सहयोग


वैदेशिक रोजगारका लागि हङकङमा रहेका मोरङ राजघाटका युवाको समूह केबीआई ग्रुपले उर्लाबारी—९ स्थित सार्वजनिक माविलाई नगद एक लाख ८० हजार सहयोग गरेको छ ।

ग्रुपका प्रतिनिधि लक्ष्मी खापुङ इन्द्रले शनिबार उक्त रकम विद्यालयका प्रधानाध्यापक टंक दुलाल र अध्यक्ष कुरुराज आङबुहाङलाई हस्तान्तरण गरे । राससका अनुसार अक्षयकोषमा रहने गरी विद्यालयको स्तरोउन्नतिका लागि उक्त रकम सहयोग गरिएको खापुङले बताए । आफूले हङकङमा विद्यालयका पूर्वविद्यार्थी र शुभेच्छुकसँग रु एक लाख ३० हजार संकलन गरेको र ग्रुपका तर्फबाट ५० हजार थप गरी सहयोग गरिएको खापुङले बताए ।

यसअघि केबिआई गु्रपले उर्लाबारी—९ कै प्रभात आधारभूत विद्यालयलाई पनि कसल लिम्बूको नेतृत्वमा नगद एक लाख ७७ हजार ६०० सहयोग गरेको भीम पन्धाकले जानकारी दिए ।