कमिशन वृद्धि गर्न ग्यास बिक्रेताले दबाब दिइरहेको पाइएको छ । ग्यास बिक्री गर्दा प्राप्त हुने कमिशन अति न्युन भएको भन्दै ग्यास बिक्रेताहरुको बिक्री बापतको कमिशन बृद्धि गर्न सरकारलाई दबाब दिएका हुन् ।
अन्य व्यापार व्यवसायमा २० प्रतिसत मुनाफा लिन पाईने कानूनी व्यवस्था रहेपनि ग्यास बिक्रि बापतको कमिशन अति न्युन भएको भन्दै उनी लगानिको पाँच प्रतिसत मुनाफा हुने व्यवस्था गर्न सरकारलाई दबाब दिइरहेका छन् ।
ग्यास बिक्रेता माहासंघका केन्द्रिय अध्यक्ष ज्ञानेश्वर अर्यालले ग्यास बिक्रि बापत हाल प्राप्त कमिशनले परिवार पाल्न सक्ने अवस्था नरहेको भन्दै तत्काल कमिशन बढाउनुपर्ने कुरामा जोड दिन्छन् ।
ग्यासमा लाग्दै आएको मुल्य अभिबृद्धि कर भ्याट बापतको रकम राज्य कोषमा जम्मा नहुने भन्दै उनले भ्याट खारेज गरेर बिक्रेताहरुलाई लगानिको पाँच प्रतिसत मुनाफा दिने व्यवस्था गर्न माग गरे ।
लामो समय सम्म ग्यास बिक्रि बापतको कमिशन नबढेका कारण ग्यासको व्यापार व्यवसाय सञ्चालनमा समस्या भएका बेला एकाएक ग्यास उद्योगहरुले ५० रुपयाँ बाट घटाएर ३२ रुपयाँ प्रति सिलिण्डर कमिशन कायम गर्दा व्यवसाय थप संकटमा परेको उनको भनाई थियो ।
उनले मुलुकका ठुला शहरहरुमा ग्यास बिक्रि बितरणकालागि छुट्टै क्षेत्र तोकेर एकै ठाउबाट बितरणको व्यवस्था गर्नु उपयुक्त हुने बिचार व्यक्त गरे । सरकारले तत्काल ग्यासको कमिशन बृद्धि नगरे निकट भविस्यमै व्यवसायिहरुले लगानिको पाँच प्रतिसत मुनाफा हुने गरी मुल्य बढाउने चेतावनि समेत उनले दिए ।
प्रतिक्रिया