सानोभेरीमा सनराइज

सानोभेरीमा सनराइज


सनराइज बैंक लिमिटेडले प्रदेश नं. ५ रुकुम जिल्लाको सानीभेरी गाउँपालिका–९ मा नयाँ शाखा स्थापना गरी आफ्नो बैंकिङ सेवा शुरु गरेको छ । उक्त शाखा कार्यालयको उदघाटन बैंकका नायब महाप्रबन्धक अपछकुमार यादव र सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले आइतबार आयोजित एक औपचारिक कार्यक्रमकाबीच संयुक्त रुपमा गरेका छन् ।

यो समेत गरी बैंकको शाखा संख्या ७६ वटा पुगेको बतइएको छ । साथै बैंकको नेपाल अधिराज्यभर ९१ वटा एटिएम, ३ वटा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा २० वटा शाखारहित बैंकिङ सेवामार्फत ग्राहकहरुलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले चाँडै नै थप शाखाहरु संचालनमा ल्याउने समेत बैंकले जनाएको छ ।