प्रदेशका मूख्यमन्त्रीमा मिल्यो भागबण्डा

प्रदेशका मूख्यमन्त्रीमा मिल्यो भागबण्डा


पार्टी एकीकरणको प्रक्रियामा कुरा मिलाउन कठिनाई परे पनि प्रदेश सरकार गठनको विषयमा नेकपा –नेकपा) एमाले र माओवादी केन्द्रबीच सहमति जुटेको छ । आइतबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको द्वीपक्षीय छलफलबाट प्रदेशका मूख्यमन्त्री र सभामुखको बाँडफाँडमा सहमति जुटेको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिएका हुन् ।

नेता पाण्डेका अनुसार प्रदेश नम्बर १, ३, ४ र ५ का मूख्यमन्त्रीहरू एमालेको भागमा परेको छ भने प्रदेश नं. ६ र ७ मा माओवादी केन्द्रले मूख्यमन्त्री चयन गर्नेछ ।

यस्तै, प्रदेश नम्बर १, ३, ६ र ७ मा सभामुख एमालेका रहनेछन् भने ४ र ५ मा माओवादी केन्द्रबाट सभामुख चयन गरिने छन् । यसैगरी, उपसभामुखको हकमा प्रदेश नम्बर १, ३, ६ र ७ मा माओवादी केन्द्रका र ४ र ५ मा एमालेका उपसभामुख रहने सहमति भएको छ ।

हरेक प्रदेशमा कम्तीमा सात र बढीमा एघार मन्त्री बनाइने सहमति भएको पनि बताइएको छ ।