अपराधमा संलग्न चारजना सार्वजनिक

अपराधमा संलग्न चारजना सार्वजनिक


बारा प्रहरीले विभिन्न अपराधका घटनामा संलग्न चारजनालाई आज सार्वजनिक गरेको छ ।

मोटरसाइकल चोरी गर्ने र हतियार देखाएर लुटपाट गर्ने समूहमा संलग्न गढी गाउँपालिका– १ वस्तपुरका धर्मेन्द्र यादव, चोरीको मोटरसाइकल किनबेच गर्दैआएका आर्दश कोतवाल गाउँपालिका– ६ पटेर्वाका अनान्दप्रसाद कुशवाहा र अरविन्द महतो कुशवाहा तथा रौतहट बौधिमाई नगरपालिका– ५ का अरविन्द राय यादवलाई सार्वजनिक गरेको हो ।

उनीहरुलाई सिम्रौनगढ नगरपालिका–१ गंगानगरवाट पल्सर एक थान, अपाची एक थान र सुपरस्पेन्डर एक थान मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिए ।