मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु


दोलखा सामाकोशी २ घर भई हाल कोटेश्वर बस्दै आएका ५० वर्षीय ध्रुव कार्कीको मोटरसाइकलका ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

कार्कीलाई काठमाडौंका मिनभवन क्याम्पस अगाडि मोटरसाइकलले गएराति ठक्कर दिएको हो ।

प्रहरीका अनुसार कार्कीलाई बा ९० प ६०६४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको र कार्कीको उपचारको क्रममा न्यूरो अस्पताल बाँसबारीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा छन् ।