मलेसियन म्याक कफी अब नेपालमा पनि

मलेसियन म्याक कफी अब नेपालमा पनि


मलेसियाको ख्यातिप्राप्त कफी उत्पादक कम्पनी फुड इम्पाएर होल्डिङसले नेपाली बजारमा आफ्ना उत्पादनहरु ल्याएको छ ।

मलेसियामा उत्पादन भएको म्याक कफीले अबदेखि नेपालमा पनि बजार पाउने भएको छ । आइताबार एक प्रवद्र्धनात्मक कार्यक्रमको अयोजना गरि नेपाली उपभोक्ताको माग र रुचीका लागि नेपालमा पनि बिक्रि आरम्भ गरेको कम्पनीले जनाएको छ ।

मलेसियन कफी कम्पनीले विश्वका ५० देशमा कफीका उत्पादनहरु निर्यात तथा ६ वटा देशमा उत्पादन गर्दै आएको जनाएको छ । नेपालमा पनि उपभोक्ताहरुको मागलाई ध्यानमा राखेर बिक्रि शुरु गरेको बताइएको छ ।

कम्पनीका अनुसार नेपालमा अर्कस ग्रुपमार्फत बजार विस्तार भइरहेकोले अब नेपाली बजारमा पनि पाइने छ । साथै कम्पनीले नेपालमा पनि म्याक कफीको उद्योग स्थापना गरी मेक इन नेपाल गर्ने योजना रहेको जनाएको छ ।