माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ जनयुद्धमा देखेको सपना अझै पूरा नभएको बताएका छन् ।
राजधानीमा प्रेस सेन्टर नेपालको १४ औं स्थापना दिवसलाई सोमबार सम्बोधन गर्दै जनयुद्धमा प्रेस सेन्टरले महत्त्वपूर्ण भुमिका खेलेको बताउँदै अझै आफूहरूको सपना पूरा नभएको बताएका हुन ।
उनले जनयुद्धको बेलामा मादल, कलम र बन्दुकको सहयोगमा नेपालमा परिवर्तन ल्याएको बताउँदै अब कमलको मात्र सहयोगमा परिवर्तन हुने बताए ।
उनले चुनावमा वाम गठबन्धनलाई जनताले बहुमत दिएको भन्दै आफूहरूको प्रमुख जिम्मेवारी नेपालमा समाजवाद ल्याउने र देशलाई स्थायित्व दिने जिकिर समेत गरे ।
प्रतिक्रिया