भूमिगत पैसालाई सतहमा ल्याउन ओलीको प्रस्ताव

भूमिगत पैसालाई सतहमा ल्याउन ओलीको प्रस्ताव


नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सम्पत्ति शुद्धीकरणका नाममा उद्योगी व्यवसायीलाई लगानी गर्न निरूत्साहित बनाउन नहुने जिकिर गरे ।

उनले सम्पत्ति शुद्धीकरण मुसालाई साँचो थापेर कुरेको भन्दै त्यो रकम अनुत्पादनशील क्षेत्रमा खर्च भइरहेको टिप्पणी गरे ।

“लगानी गर्न नदिए सम्पत्तिको शुद्धीकरणको कसरी हुन्छ ? साबुन सर्फ त लगाउने होइन होला, लगानी गर्न नपाएपछि त्यो पैसा क्यासिनोमा जुवा खेल्न प्रयोग हुन्छ, त्यहाँ त शुद्धीकरण लाग्दैन ?,” उनको भनाइ थियो । “अन्डरग्राउन्ड मनी (भूमिगत मुद्रा)लाई सतहमा आउन दिऊँ,” उनको आग्रह थियो ।

त्यस्तै उनले जननिर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्न संविधान बाधक देखाएर पर धकेल्दै लगेको बताउँदै उनले यसरी पार नलाग्ने जिकिर गरे ।

“राणाले सकेनन्, राजाले पनि सकेनन्, संविधान बाधक देखाएर सत्ता लम्ब्याउन सकिँदैन,” उनको भनाइ थियो । त्यस्तै उनले बैंकहरूले प्रोजेक्टलाई भन्दा पनि धितोलाई ऋण दिइरहेको बताउँदै यसले लगानीको वातावरण सिर्जना नगर्ने ठोकुवा गरे । खेत बाँझा, युवा त्यस्तै अध्यक्ष ओलीले युवा सीपबिहीन, सरकार नीतिबिहीन, उद्योग कामदारबिहीन, खानी उत्खननबिहीन, उद्योगी पुँजीबिहीन रहेको बताउँदै सबै मिलेर समृद्धिको दिशा तय गर्नुपर्ने बताए ।

निजी क्षेत्रको संस्था नेपाल चेम्बर अफ कमर्शको ६७ औँ साधारणसभाबाट निर्वाचित पदाधिकारीको टोलीलाई पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा बधाई ज्ञापन गर्दै अध्यक्ष ओलीले निजी उद्योगी व्यवसायीलाई ढुक्क भएर लगानी गर्नसमेत आग्रह गरे ।

उनले वामपन्थी सत्तामा आए केके न हुन्छ भनेर हल्ला गरिएको बताउँदै आफूलाई लोकतन्त्रवादी भन्नेहरूले बैंकमा दशलाख एकमुष्ट राख्न र झिक्न पनि नसकिने बनाएको बताएका थिए ।