तामाकोशी जलविद्युतका चिनियाँ इन्जिनियरको मृत्यु

तामाकोशी जलविद्युतका चिनियाँ इन्जिनियरको मृत्यु


दोलखाको लामाबगरमा निर्मार्णाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा ग्राउण्डिङ सर्किटको काम गर्दै आएका एक चिनियाँ इन्जिनियरको मृत्यु भएको आयोजनाले जनाएको छ ।

बिगु गाउँपालिका १ स्थित आयोजनाको ड्यामसाइडमा कार्यरत साइड इन्जिनियर चिनियाँ नागरिक सुन लिङ लङ माथिबाट खसेको ढुंगा लागेर घाइते भएका थिए । काम गरिरहेको अवस्थामा आज ११ बजेतिर ड्यामको बाहिरपट्टिबाट अचानक खसेको ढुंगा लागेका कारण ४९ वर्षीय लङको मृत्यु भएको बताइएको छ ।

गम्भीर घाइते भएपछि इन्जिनियर लङलाई उपचारका लागि लैजाँने क्रममा बाटैमा मृत्यु भएको हो ।