रातोपुलमा क्रेडिट एण्ड कमर्स

रातोपुलमा क्रेडिट एण्ड कमर्स


काठमाडौं महानगरपालिका–३० रातोपुलमा एनसीसी बैंकको नयाँ शाखा खुलेको छ । सोमबार आयोजित शाखा उदघाटन कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले विधिवत उद्घाटन गर्नुभयो ।

समारोहमा मन्तब्य व्यक्त गर्दै डेपुटी गभर्नर शिवाकोटीले वित्तीय क्षेत्रमा बैंक तथा ग्राहकहरुले सुशासन कायम गर्नुपर्ने बताउनुभयो । नेपाली जनताको सामुन्ने वित्तीय साक्षरताको लागि बैंकहरुले नै ठूलो भूमिका खेल्नुपर्ने भएकोले अबको दिनमा आफ्नो ग्राहकसमक्ष विभिन्न कार्यक्रममार्फत बैंक आफै पुग्नुपर्ने सुझाव उहाँले दिनुभयो ।

नेपाल सरकारको दुर्गम क्षेत्रमा बैंक पु¥याउने उद्देश्य र नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई दुर्गम क्षेत्रमा वित्तीय सेवा पु¥याउन दिएको निर्देशनअनुरुप एनसीसी बैंकले पनि आफ्नो शाखा सञ्जाल सो क्षेत्रहरुमा विस्तार गर्दै लैजाने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा एनसीसी बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले एनसीसी बैंकले नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशनहरुलाई पूर्ण रुपमा पालना गर्दै आगामी दिनमा दुर्गम क्षेत्रमा पनि सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो भने बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले स्वागत मन्तव्यको क्रममा बैंकले निकट भविष्यमै नेपाल राष्ट्र बैंकले तोकेबमोजिम बैंकको चुक्ता पूँजी ८ अर्ब पु¥याउने प्रक्रृयामा लागेको जानकारी गराउनुभयो ।

एनसीसी बैंकले २०७४ पौष मसान्तसम्ममा निक्षेप परिचालन रु. ५९ अर्ब तथा ५१ अर्ब कर्जा प्रवाह गरेको र ३५.४५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ । अधिराज्यभरी सो बैंकको हालसम्म ८० वटा शाखा संचालनमा रहेका छन् ।