शर्माविरुद्ध फेरि मुद्दा

शर्माविरुद्ध फेरि मुद्दा


आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्तिको स्रोत नखुलेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । चार करोड २९ लाख ५४ हजार १२४ बराबर सम्पत्तिको स्रोत नखुलेको आरोपमा मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ ।

निलम्बित महानिर्देशक शर्माको सम्पत्तिको छानबिन गर्दा अस्वभाविक देखिएको भन्दै आयोगले आज बिगो असुलउपर गरी कारबाहीको माग गर्दै मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार सोही अवधिमा चल अचल सम्पत्ति एवं शेयर लगानीलगायतमा अध्ययन गर्दा रु सात करोड ९३ लाख २७ हजार ८५ खर्च गरेको देखिन आएको छ । विगोबमोजिम जरिवाना र कैद सजायको मागका साथै शर्माले स्रोत पुष्टि गर्न नसकेको रकम जफत गर्ने मागदाबीसहित मुद्दा दायर गरिएको बुझिएको छ ।