तमुको प्रदेशस्तरीय अधिवेशन सम्पन्न

तमुको प्रदेशस्तरीय अधिवेशन सम्पन्न


झापा । तमु ह्यूल छोंज धिं गुरूङ राष्ट्रिय परिषद प्रदेश नं १ प्रदेश प्रथम अधिवेशन सम्पन्न भएको छ । मोरङको बेलबारीमा सम्पन्न अधिवेशनले ८ बुँदे घोषणापत्र जारी गर्दै तमु ह्यूल छोजधी गुरुङ राष्ट्रिय परिषदको प्रदेश नम्बर १ को प्रथम अधिवेशन सम्पन्न गरेको हो ।

यस अधिवेशनले कृष्णराज तमुको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ । समितिका क्रमशः वरिष्ठ उपाध्यक्ष आनन्द तमु, उपाध्यक्षमा योगेन्द्र तमु र महिला उपाध्यक्षमा सविता तमु रहनुभएको छ भने सचिवमा होमकुमार घले, सह–सचिवमा डम्बरबहादुर घले तमु र कोषाध्यक्षमा वलिमान तमु रहनुभएको छ ।

अधिवेशनले राजनीतिक दलहरूबीच भएको विवाद अन्त्य गर्नुपर्ने, प्रदेश नम्बर ४ लाई तमुवान नामकरण गर्नुपर्ने, बेलबारीमा रहेको पेट्रोल खानीको अन्वेषण गर्नुपर्ने, संखुवासभामा रहेको अरुण तेस्रो जलविद्युत परियोजना यथाशिघ्र सम्पन्न गरी प्रयोगमा ल्याउनुपर्ने, तेह्रथुममा रहेको हयात्रुङ झरना तथा तिनजुरे, मिल्के, जल्जले क्षेत्रको प्रचारप्रसार गर्नुपर्ने, बेतना सिमसारलाई विश्व सिमसार सुचीमा सूचीकृत गर्नुपर्ने, ताप्लेजुङमा रहको पाथीभरालाई विश्व सम्पदा सुचीमा सुचीकृत गर्नुपर्ने लगायतका विषयलाई घोषणापत्रमा समावेश गरेको छ ।

अधिवेशनमा प्रदेश नं १ का संयोजक लक्ष्मीप्रसाद तमुको अध्यक्षता र केन्द्रिय अध्यक्ष रेशम तमुको प्रमुख आतिथ्यका साथै तमु छोज धि भूटानका अध्यक्ष राजमान तमुको बिशेष अतिथ्यता रहेको थियो ।

तमुस्यो ह्यूल छोंज धिं महिला गुरूङ राष्ट्रिय परिषद प्रदेश नं १ संयोजक खिला कुमारी तमुस्योको अध्यक्षतामा तमुस्यो प्रदेश समिति पनि एकैसाथ गठन गरिएके थियो । सुजला तमुस्योको अध्यक्षतामा कार्य समिति गठन गरिएको छ ।

– रेजिना गौतम