एनसीसी बैकको सवै शाखामा आधुनिक बैकिङ सेवाको योजना

एनसीसी बैकको सवै शाखामा आधुनिक बैकिङ सेवाको योजना


नेपाल राष्ट्र बैकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले बैक तथा बित्तिय सस्थाहरुका सञ्चालक, ब्यवस्थापक र कर्मचारीहरुमा बित्तिय ब्यवस्थापनमा सचेत हुनु पर्ने बताएका छन । उनले बैकिङ सेवालाई सवै स्थानीय तहमा बिस्तार गर्ने राष्ट्र बैकको योजना रहेको बताए ।

सोमवार एनसीसी बैकको काठमाडौस्थित रातोपुल शाखाको उद्धघाटन गदैं नेपाल राष्ट्र र्बैकका डेपुटी गर्भनर शिवाकोटीले बैकिङ सेवालाई आम जनताको पहुँचमा बिस्तार गर्नको लागि सवै स्थानीय तहमा शाखाहरु बिस्तार गर्नु पर्ने बताए । उनले राष्ट्र बैकले जनताको निक्षेप र लगानीलाई सँरक्षण गर्ने प्रतिबद्धता ब्यक्त गदै आमजनताको बित्तिय जागरण र सेवा पुर्याउन बैक तथा बित्तिय सस्थाहरुलाई निर्देशन दिए ।

एनसीसी र्बैकका ब्यवस्थापन समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले एनसीसी बैकले
बित्तिय अनुशासन र बैकिङ पद्धतिलाई ध्यान दिएको चर्चा गर्दै बैकले आमजनताको पहुँचमा बैकिङ सेवा बिस्तार गर्ने योजना लिएको बताए ।

एनसिसि बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले बैंकले सवै खालका जनतामा बैकिङ सेवा बिस्तार गरेको बताउदै आमजनतामा लक्षित बैकिङ सेवालाई बैकले प्राथामिकता दिएको बताए ।

कार्यक्रममा एनसिसि बैकका रातोपुल शाखाका प्रवन्धक बिन्जु दाहाल, काठमाडौ महानगरपालिका वडा नं ३० का अध्यक्ष दलबहादुर कार्की लगायतका बक्ताहरुले बैकिङ सेवाको बिषयमा चर्चा गर्नु भएको थियो । एनसिसि बैकले पछिल्लो समय शाखा बिस्तारलाई स्थानीय तहको सवै क्षेत्रमा बिस्तार गर्ने जनाएको छ ।