आज शहीद दिवस । सरकारले सार्वजनिक बिदा समेत दिएको छ । शहीद दिवस मनाउन आज सबै व्यस्त रहेको बेला बानेश्वरमा भने रोचक दृश्य देखिएको छ । जुन हो, नेपाली कांग्रेस नेता–कार्यकर्ताहरुले आज सडकमै जुत्ता पालिस गरे ।
पार्टी शुद्धीकरण अभियानका लागि भन्दै कृष्णप्रसाद भट्टराई प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कांग्रेस नेता–कार्यकर्ताहरुले बानेश्वरको सडकमा बसेर बुट पालिस गरेका हुन् ।
उनीहरुले सडकमा हिँडिरहेका पैदलयात्रीको जुत्ता सफा पारेका थिए । फोहोर जुत्ता पालिस गरेर सफा गरेझैं पार्टीहरुले पनि आफूलाई शुद्धीकरण गर्नुपर्छ भनेर प्रतीकात्मक रुपमा बुट पालिस गरिएको कांग्रेस नेताहरुले बताए ।
चन्द्रभण्डारीसँगै कांग्रेस नेता धनराज गुरुङ लगायतका नेताहरुले जुत्ता पालिस गरेका थिए ।
प्रतिक्रिया