सरकार परिवर्तनको समयमा भारतीय विदेशमन्त्री नेपाल आउँदै

सरकार परिवर्तनको समयमा भारतीय विदेशमन्त्री नेपाल आउँदै


सरकार परिवर्तन हुन लागेकै बेला आगामी साता भारतीय विदेशमन्त्री सुष्मा स्वराजले दुईदिने नेपाल भ्रमण गर्ने भएकी छन् ।

भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै यही माघ १८ र १९ गते स्वराजको भ्रमण मिति तय भएको जनाएको हो ।

विदेश मन्त्रालयले दुई देशबीच हुँदै आएको उच्चस्तरीय राजनीतिक वार्ताको निरन्तरतास्वरूप भ्रमण हुन लागेको जनाएको छ ।

विज्ञप्तिमा उल्लेख छ, ‘यो भ्रमण नेपाल र भारतबीचको द्विपक्षीय चासो र आपसी सम्बन्ध विस्तारको अवसर हुनेछ ।’ भ्रमणका अवसरमा स्वराजले विभिन्न राजनीतिक दलका नेतासँग पनि भेटवार्ता गर्ने मन्त्रलायले जनाएको छ ।