राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेसबाट उम्मेदवार बनेका आठ जना निर्विरोध चयन भएका छन् ।
राष्ट्रिय सभाका ५६ सदस्यका लागि नेपाली कांग्रेसले २६ नेतालाई उम्मेदवार बनाएको थियो ।
कांग्रेसबाट प्रदेश ३ र ६ बाहेकका अन्य प्रदेशबाट आठ उम्मेदवार निर्विरोध भएका छन् । प्रदेश १ ,२ र ७ बाट बाट २/२ जना चयन भएका छन् भने प्रदेश ४ र ५ बाट १/१ निर्विरोध चयन भएका छन् ।
प्रदेश १ बाट रमेशजंग रायमाझी र सरिता प्रसाई चुनिएका छन् भने प्रदेश २ बाट जितेन्द्र देव र मुक्ताकुमारी यादव निर्विरोध भएका छन् ।
त्यस्तै प्रदेश ४ र ५ बाट क्रमशः प्रकाश पन्थ र अनिता देवकोटा निर्विरोध चुनिएका छन् । प्रदेश ७ बाट उम्मेदवार बनेका बद्रि प्रसाद पाण्डे र तारादेवी भट्ट पनि निर्विरोध भएका छन् ।
प्रतिक्रिया