एमाले स्थायी समिति बैठक पार्टी मुख्यालय धुम्बराहीमा चलिरहेको छ । प्रदेश मुख्यमन्त्री र सभामुखहरुको चयन प्रक्रिया मापदण्ड निर्धारण गर्न नेकपा एमाले स्थायी कमिटी बैठक पार्टी मुख्यालयमा चलेको हो ।
बैठकमा पार्टी एकता, राष्ट्रियसभा निर्वाचन र प्रदेशका मुख्यमन्त्री तथा सभामुखहरुको विषयमा छलफल गरिएको छ ।
यसअघि प्रदेशका मुख्मन्त्री, सभामुख, उपसभामुख र मन्त्रीहरुको बाँडफाँट संयुक्त कार्यदलले टुंगो लागि सकेको छ । प्रदेशसभा संसदीय दलको नेता कसरी चयन गर्ने भन्ने बहस भइरहेको छ । ५ नम्बर प्रदेशमा शंकर पोखरेल सर्वसम्मत रुपमा दलको नेता चयन भए पनि अन्य प्रदेशमा हुन सकेको छैन ।
बाँकी रहेका प्रदेशमा दलको नेता कुने विधिबाट चयन गर्ने भन्ने बहस छ । शंकर पोखरेल दलको बैठकबाट चुनिएकाले अरु प्रदेशमा पनि सोही विधि अपनाउनुपर्ने दबाब नेतृत्वलाई छ ।
एमालेको संसदीय दलको नेता लोकतान्त्रिक प्रक्रियाबाटै चयन हुने गरेकाले माथिबाट तोक्न नमिल्ने कतिपय नेताहरुको भनाई छ ।
कुन प्रक्रियाबाट मुख्यमन्त्री र सभामुखका उम्मेदवार तय गर्ने भन्ने बारेमा स्थायी कमिटीमा छलफल भैइरहेको समाचार स्रोत बताउछ ।
प्रतिक्रिया