आज १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाइने

आज १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाइने


नेपाल राष्ट्र बैंकले बुधबार पुनः १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउने भएको छ।

बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अभाव भएपछि केन्द्रीय बैंकले रिपो वित्तीय उपकरणमार्फत बजारमा तरलता प्रवाह गर्न लागेको हो ।

बैंकिङ प्रणालीमा तरलता घटेर १८ अर्बभन्दा तल झरेको छ । तरलता बढाउन थप रकम प्रवाह गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । उक्त रिपोको म्याद फागुन २ गतेसम्म रहेको छ ।

अन्तर बैंक ब्याजदर ५ प्रतिशतभन्दा तल रहेपछि राष्ट्र बैंकले विभिन्न चरणमा रकम प्रवाह गर्दै आएको छ ।