डा. गोविन्द केसी अचानक बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अचानक पुगेका छन् । केसी केही आफ्ना शुभेच्छुकका साथमा प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिन पुगेका हुन ।
निवेदनमा डा. केसीसँगै अधिवक्ता ओमप्रकाश अर्याल, डा. सुरेन्द्र भण्डारीको हस्ताक्षर छ ।
उनीहरुले पराजुलीको नाममा फरक फरक समयमा जारी भएको नागरिकताको प्रतिलिपी, उमेर फरक हुनुको कारण र त्यसबेलाको मिसिल फाइल सिफारिस र शैक्षिक प्रमाणपत्र उपलब्ध गराउन माग गरेका छन् ।
डा. केसीविरुद्ध परेको अदालतको मानहानी मुद्दामा सर्वोच्चले पराजुलीको नागरिकताको प्रतिलिपीका साथै शैक्षिक प्रमाणपत्र झिकाउन आदेश दिएको थियो ।
यसैबीच, प्रधानन्यायाधीश गोपाल पराजुलीले आफूलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाउँदै वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दर्ता गराएका छन् ।
प्रा.डा केसीका पक्षबाट सर्वोच्च अदालतमा बहस पैरवी गरेको प्रतिशोध साँधेर आफूलाई ज्यान मार्ने धम्की दिएको आज दर्ता गराइएको निवेदनमा उल्लेख छ ।
शान्ति सुरक्षा पाऊँ भन्ने व्यहोराको उक्त निवेदनमा गत बिहीबार बिहान ज्यान मार्ने धम्की दिएको भण्डारीले निवेदनमा उल्लेख छ । प्रधानन्यायाधीश पराजुलीले ९८५२०३१६६६ नम्बरबाट आफूलाई फोन गरी धम्क्याएको निवेदनमा उल्लेख छ ।
प्रतिक्रिया