अबदेखि ओलीलाई बालकोटमा भेट्न नपाइने

अबदेखि ओलीलाई बालकोटमा भेट्न नपाइने


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अबदेखि बालकोटमा भेट्न नपाइने भएको छ । उनको निजी संचिवालयका अनुशार बालकोटमा राजनीतिक भेटवार्ता अब ओलीले नगर्ने भएका छन् ।

भिडभाड भएको र व्यवस्थापनको कठिनाइका कारण कार्यकर्ता तथा अरु व्यक्तिसागको औपचारिक वार्ता तथा भेटघाट बालकोटको साटो सिंहदरबारमा रहेको संसदीय दलको कार्यालय तथा धुम्बाराहीमा रहेको पार्टी कार्यालयमा गर्ने अध्यक्ष ओलीका निजी सचिव अनिश दाहालले जानकारी दिए ।

अध्यक्ष ओली सोमबार, बुधबार र शुक्रबार बिहान ११ वर्षदेखि दिउासो ३ बजेसम्म संसदीय दलको कार्यालयमा रहने र त्यहाा नै औपचारिक भेटवार्ता गर्ने स्वकिय सचिव दाहालले बताए ।