दुई दिने नेपाल भ्रमणका सिलसिलामा आज भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौँ आउँदैछिन् । दिउँसो ३ बजे विशेष विमानबाट प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा स्वराज नेपाल आउन लागेकी हुन् ।
काठमाडौँ आएलगत्तै स्वराजको राजनीतिक भेटघाट सुरु हुनेछ । नयाँ सरकार गठनको पूर्वसन्ध्यामा हुन लागेको उनको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यद्यपि भारतीय विदेश मन्त्रालयले भने स्वराजको भ्रमणलाई दुई देशबीचको नियमित उच्चस्तरीय राजनीतिक भेटघाटको संज्ञामात्र दिएको छ।
विदेशमन्त्री स्वराजले आजै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट बार्ता गर्नेछिन् । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार दुई दिने भ्रमणका क्रममा स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गर्ने कार्यतालिका छ। राष्ट्रपति तथा प्रधानमन्त्रीसँगको भेट शुक्रबार हुनेछ।
प्रतिक्रिया