एमाले–माओवादीबीच हुने एकतालाई निष्कर्शमा पुर्याउन बाम एकता संयोजन समितिको बैठक डाकिएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा साझा उम्मेदवारीसँगै प्रादेशिक सरकारमा ७०/३० को भागबण्डा गरेका एमाले र माओवादी केन्द्रले पार्टी एकतालाई अन्तिमरुप दिन आजबाट एकीकरण प्रक्रियाबारे छलफल गर्न लागेका हुन् ।समितिको बैठक सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यलयमा अपरान्ह ३ बजे बस्दैछ ।
आजको बैठकमा पार्टी एकता प्रक्रियाबारे ठोस छलफल हुने एकता संयोजन समितिका सदस्य एवं माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
बाम एकताबारे लामो समयदेखि छलफल भएपनि नेताहरुको पदिय जिम्मेवारीको बाँडफाँड तथा पार्टीको आगामी सिद्धान्तबारे छलफल भएको छैन ।
एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच एकले सरकारको नेतृत्व गरे अर्कोले पार्टी चलाउने भनिएपनि ठोस सहमति हुन सकेको छैन ।
प्रतिक्रिया