नेताहरू छिमेकी भारतबाट यो किन सिक्दैनन् ?

नेताहरू छिमेकी भारतबाट यो किन सिक्दैनन् ?


-वसन्तराज कुँवर
एक विवाह समारोहमा सहभागी हुने सिलसिलामा हालै दिल्ली पुग्दा त्यहाँको विमानस्थलले मन खिच्यो । संसारका अति विकसित भनिने मुलुकका विमानस्थलभन्दा कम लागेन पङ्क्तिकारलाई त्यसको स्वरूप तथा सुविधा । उक्त आधुनिक विमानस्थलमा सबै स्थानमा कार्पेट विच्छ्याइएका थिए । यात्रुले आराम गर्ने स्थान र फर्निचरहरू राम्रा थिए । दुई दर्जनभन्दा बढी इमिग्रेसन काउन्टर थिए भने सुरक्षा जाँच गर्ने काउन्टरहरू पनि यथेष्ट थिए । सफा शौचालयहरू पर्याप्त मात्रामा थिए । युरोप, अमेरिका र दक्षिण-पूर्वी एसियाका मुलुकहरूमा कामको सिलसिलामा भ्रमण गरी नै रहन्छु । वास्तवमै नयाँदिल्लीको नयाँ विमानस्थल अन्तर्राष्ट्रियस्तरकै बनेको रहेछ । यो उपलब्धिका लागि भारतीय जनता र त्यहाँको सरकार साथै विमानस्थल बनाउने भारतीय कम्पनीसमेत बधाईका पात्र बनेका छन् । दिल्लीबाट फर्किएर पर्यटन वर्ष मनाइरहेको नेपालको विमानस्थलको अवस्था तथा यहाँको फोहोर र दर्ुगन्धले पुरिएको शौचालय देख्नुपर्दा पङ्क्तिकारको चित्त बेस्सरी दुख्यो । वास्तवम ढुङ्गेयुगमै छौँ कि हामीहरू भन्ने झल्को दिन्छ यसले त झैं लाग्यो मलाई ।
हाम्रा नेताहरू खुब दिल्ली भ्रमण गर्छन् । तर, आजसम्म नेपालको विमानस्थलमा पत्रकारहरूसँग बोल्दा दिल्ली विमानस्थलको कुरोसम्म पनि गरेको मैले सुनेको छैन । केवल उनीहरू आफू र आफ्ना पार्टीलाई सत्तामा पुर्‍याउने कुरा गर्न र त्यसका लागि आशीर्वाद माग्न मात्र त्यहाँ पुगेझैं देखिन्छन् । उनीहरूले दिल्ली विमानस्थल आउँदा-जाँदा देख्ने भौतिक प्रगतिहरूबाट प्रभावित भई थोरै भए पनि त्यसबारे सोच्न र बोल्नैपर्ने थियो । जब उनीहरू दिल्ली विमानस्थलको शौचालयबाट नेपालको विमानस्थलको शौचालयमा छिर्छन् तब अलिकति चिन्ता र चासो त हुनुपर्ने नै थियो । हाम्रा नेताहरूको गरिब मानसिकता देख्दा औधी दुःख लाग्छ, किनकि जसको भरमा हामी विकसित मुलुकको बासिन्दा हुने कल्पना गर्र्छौं ती नेता भनौंदाहरू विकास र समुन्नतिप्रति कुनै चासो र सरोकार नै राख्दैनन् । उनीहरूको भाषामा विकास भनेको पार्टीलाई सत्तामा पुर्‍याएर धन कमाउनेबाहेक अरू केही देखिँदैन । वास्तवमै म यो लेखमार्फत नेताहरूलाई भन्दा पनि आफ्ना नेपाली दाजुभाइहरूलाई के निवेदन गर्न चाहन्छु भने हाम्रो देश अब धेरै पछि परिसकेको छ । हामीले नेता छान्न गल्ती गरिरहेका छौँ । अब हामीले नेताको छनोटबारे पनि बहस चलाउनुपर्ने बेला आइसकेको छ । सपना नै नभएका नेता र पार्टीहरूबाट हामीले के आशा गरी बसेका छौँ – यसतर्फ पनि संवेदनशील भई सोच्ने बेला आइसकेको छ ।
कहिलेकाहीँ हामी ठान्छौँ कि एक दिन हाम्रा नेताहरूबाट ठूलै काम हुनेछ । तर, त्यसरी विश्वास लिन पनि केही ठोस आधारहरू त हुन जरुरी छ । आज हेर्‍यौँ भने प्रचण्ड, झलनाथ, शेरबहादुरलगायत कैयौँ मन्त्री र सांसदहरू विदेश गइरहेका हुन्छन् । उनीहरू फर्किएपछि त्यो देशको विकासको सम्बन्धमा जनतासँग कुरा गरेको हामीले कहिल्यै सुनेका छौँ – त्यो मुलुकसँग केही सिकेर यहाँ लागू गर्न प्रयास गरेको देखेका छौँ – सुजाता कोइरालाको भ्रमणमा नेपालीले तिरेको करको खुवै दुरुपयोग हुने गर्दछ तर उनले कुनै मुलुकको विकासको मोडालिटीलाई यहाँ लागू गर्ने चर्चासम्म पनि कहिल्यै गरेको सुनेका-देखेका छौँ – – छैनौँ । यथार्थमा हाम्रा नेताहरू विकास सिक्न विदेश जाँदैनन्, मात्र घुम्ने, मोजमज्जा गर्ने या सत्तालाई बलियो बनाउन मात्र जान्छन् । उनीहरूको व्यक्तिगत भलाइले हामीलाई के दिन्छ र – नेपालीहरूले के पाउँछन् र – यसतर्फ पनि गम्भीर रूपमा सोच्ने बेला आएको छ जस्तो लाग्छ ।
विवाहको औपचारिकता सकिएपछि कनाटप्लेसको द ललित भन्ने एक होटलबाट सपत्नी पङ्क्तिकार दिल्ली विमानस्थल र्फकंदा हामीलाई पुर्‍याउन करिब २७ वर्षका एक युवक खटिएका थिए । बाटोमा उनले मलाई दिल्लीको विकासका कुरा सुनाउँदै आए । उनले आकाशेपुल देखाउँदै भने- ऊ त्यहाँबाट छिट्टै रेल चल्नेछ र त्यो रेल सहरका विभिन्न ठाउँबाट सीधै दिल्ली विमानस्थलभित्र जानेछ । सहरका धेरै भागबाट बोडिङ पास लिएर व्यक्ति त्यो रेल चढेर सीधै विमानस्थल जान सक्नेछन् । उनले पुरानो आन्तरिक विमानस्थलको कुरा गर्दै भने- पहिले आन्तरिक विमानस्थल र अन्तर्राष्ट्रिय विमानस्थल फरक-फरक थियो तर अहिले एउटै भएको छ । एउटै र्टर्मिनलबाट हामी दुवै सेवा लिन सक्छौँ । ती युवक भारतको विकासबारे यसरी बोल्दै थिए मानाँै ती हरेक विकास कार्यमा उनको पनि प्रत्यक्ष भूमिका थियो ।
कुरैकुरामा उनले भने- ग्रेटर नोएडामा -दिल्लीनजिकैको क्षेत्र जहाँको जमिन कृषियोग्य छैन) सरकारले ठूलो सहर बसाल्दै छ । नलेज पार्कको अवधारणा पनि त्यहाँ हुनेछ रे । उनको भनाइअनुसार त्यहाँ आफूखुसी घर बनाउन दिइने छैन रे । सरकारले मास्टर प्लान बनाई धेरै विर्ल्डसहरूले त्यहाँ एकैसाथ काम गर्दै छन् र त्यहाँ एक अन्तर्राष्ट्रिय विमानस्थल पनि हुनेछ रे । मुख्य रूपले ज्ञान लिने पार्क भनिएकोले त्यस क्षेत्रमा अन्तर्राष्ट्रिय शैक्षिक संस्था खुल्नेछन् र शैक्षिक संस्थाको अगाडि त्यही पढाइसँग मिल्ने कम्पनी -कारखाना) पनि हुनेछ रे । त्यहाँ विजनेस कम्प्लेक्सहरू बन्नेछन् रे जहाँ पाँचतारे होटलको सुविधासमेत हुनेछ र व्यापारी तथा कर्मचारीहरू त्यहाँ बस्नेछन् रे । त्यो सहरमा ट्राफिक लाइटहरू पनि हुने छैनन् र बाटो काट्न भूमिगत प्रवेशद्वारहरू हुनेछन् रे ।
दिल्लीको कनाटप्लेसदेखि विमानस्थलसम्म आइपुग्दा उनले हामीसँग विकासका कुराहरू गरिरहे । इन्दिरा गान्धी विमानस्थल आइपुग्ने बेलामा मैले सोधेँ, ‘के तपाईं दिल्ली सरकार र भारत सरकारसँग खुसी हुनुहुन्छ -‘ उनले मुसुक्क हाँस्दै भने, ‘म एकदम खुसी छु किनकि हाम्रो देश अब विश्वको विकसित देश हुन गइरहेछ, जहाँ हाम्रा लागि धेरै अवसरहरू हुनेछन् । मैले उनलाई बधाई दिएँ ।
सम्पूर्ण विमानस्थलमा पूरा गर्नुपर्ने प्रक्रियाहरू पूरा गरी जब म आफ्नो हवाईजहाज चढ्ने प्रवेशद्वारमा पुगेँ र त्यहाँ नजिक रहेको सिसाबाट बाहिर धावनमार्गतिर हर्ेन थालेँ, त्यतिबेला मलाई पनि ती भारतीय युवकको अनुहार झल्झली याद आइनै रह्यो, जो आफ्नो मुलुकको विकास प्रक्रिया देखेर उत्साहित थिए । मलाई पनि लाग्यो ती व्यक्ति जो भारतको अर्बाैं जनसङ्ख्याका एक अंश मात्र थिए तिनले पनि मलाई केही सिकाए । यद्यपि भारतमा विकास मात्र होइन संसारकै उच्च तहमा हुने अपराध, भ्रष्टाचार, गरिबी, आतङ्कवाद पनि छ तर पनि ती युवकले आफ्ना देशका नराम्रा पक्षहरूलाई आफैंसँग राखी मसँग राम्रा कुराहरू मात्र गरिरहेका थिए । हामी नेपालीहरूमा यदि आफू, आफ्नो देश र आफ्नो परम्परालाई नै आलोचना गरेर अरूलाई सुनाउने बानी छ भने अब त्यसमा सुधार ल्याउनुपर्छ । हुन त हाम्रा मार्गदर्शक भनिएका नेताहरूसमेत आफ्ना देशका कमजोरी सुनाउन अरूको मुलुकमा पुग्ने गर्दछन् भनिन्छ यदि त्यो साँचो हो भने तिनले पनि आफ्नो आदतमा सुधार ल्याउनुपर्छ ।
म हाम्रा नेताहरूलाई एक साधारण र सचेत नेपाली नागरिकका रूपमा यो निवेदन गर्न चाहन्छु कि जुन देशमा गए पनि त्यहाँबाट केही कुरा सिकेर आउनुहोस् र यहाँ त्यसअनुसार सुधार गर्ने प्रयास गर्नुहोस् । सुधार अरूको देखेर सिक्ने कुरो पनि हो । भारतसँग केवल राजनीतिक कुरो मात्र होइन त्यहाँ सफल भएका विकासका मोडालिटीहरूबारे पनि कुरा गर्नुहोस् । संसारमै ठूला र शक्तिशाली मुलुकहरूले सानामाथि दबाब राखेकै छन् । यहाँ पार्टीकै कुरा गर्ने हो भने पनि तीन दलले २२ दललाई हेपेकै छन् । २२ दलले तबसम्म हेपाइ खेपिरहनुपर्नेछ जबसम्म उनीहरू आफू ठूलो दल बन्न सक्दैनन् । अमेरिकाले संसालाई विकास र प्रविधिको माध्यमबाटै कावुमा पारेको हो । आज युरोपका कैयौँ मुलुक खुल्ला सीमा र एउटै मुद्राको नीति लिएर मिलेर काम गरिरहेका छन् । अविकसित देशले शक्तिशाली मुलुकहरूसँग मिलेरै काम गर्नुपर्छ । चेकोस्लोभाकियाजस्तो सानो भूपरिवेष्ठिक मुलुकले हिटलरसँग मिलेर दोस्रो विश्वयुद्ध टार्‍यो । शीतयुद्धताका रसियासँग मिलेर विकास गर्‍यो । शीतयुद्ध समाप्तिपछि नाटोको सदस्य भई आफ्नो अस्तित्व बचाउन मात्र होइन ठूलो विकास गर्न पनि सफल भएको छ । चीन, भारत र अमेरिकाहरूले सीधै व्यापार गरिरहेका समयमा ‘भारत’ या ‘चीन’ भन्दै हाम्रो देशमा आफू-आफुमा झगडा गरिराख्नुपर्ने कारण देखिँदैन । हामीले उत्तरतर्फ चीनसँग र दक्षिणतर्फ भारतसँग मिलेर कसरी विकास गर्ने भन्नेबारेमा सोच्नुपर्छ । अब हामीले भारतसँग शङ्का, झगडा वा विवादतर्फ नलागी त्यो उससँग कसरी मिलेर आफ्नो विकास गर्ने भन्नेतिर सोच्नुपर्छ ।
नेपालका नेताहरूले भारतबाट राजनीतिभन्दा पनि अब विकास सिक्नुपर्छ । जसरी भारतको त्यस युवकले नेपालको मलाई आफ्नो देशको विकास प्रक्रियाको सम्बन्धमा गौरवसाथ सुनाउने मौका पायो त्यसैगरी नेपालका हरेक नागरिकले पनि विदेशीलाई नेपालको विकास सम्बन्धमा गौरवसाथ जानकारी गराउन पाऊन् । उसले नेपालका विमानस्थलदेखि बाटाघाटा, जलविद्युत् योजनादेखि पर्यटकीय क्षेत्रको सुधार, कृषिदेखि उद्योग र नयाँनयाँ व्यवस्थित सहर देखाउँदै आफ्नो देशको गुणगान सुनाउन पाओस् । वास्तवमै त्यो क्षण प्रत्येक नेपालीका लागि गौरवपूर्ण हुनेछ । भारतीय केटोले जुन प्रकारले हाम्रो परिवारलाई आफ्नो देशको विकासबारे जानकारी गरायो त्यो कुरा साधारण छैन । यस स्थितिसम्म ल्याउन त्यहाँका नेता र सरकारको अहम् भूमिका रहेकै छ । त्यसैले म भारत गइराख्ने नेपाली नेतालाई भन्छु- तपाईंहरूले भारत जाँदा त्यहाँको विकासबारे पनि सिक्नुहोस् । मैले त केही सिकेँ ती भारतीय केटाबाट ।