हटाइए अतिक्रमणकारी फुटपाथ पसल

हटाइए अतिक्रमणकारी फुटपाथ पसल


– प्रणय साह

वीरगञ्जको घण्टाघरदेखि जिल्ला प्रहरी कार्यालयसम्मको दुवै लेनतर्फका अतिक्रमित गरेर बनाइएका संरचना हटाइएको छ । वीरगञ्ज महानगरपालिका र जिप्रकासँगको समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडक नै छेकेर सञ्चालनमा रहेका फुटपाथका पसल, ठेला, टहरा हटाएको हो ।

घण्टाघरदेखि उत्तरतर्फका टेम्पो स्टेशन आसपास र जिप्रका अगाडि अतिक्रमण गरेर बनाइएका भौतिक संरचना हटाएर खाली गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं ट्राफिक प्रहरी निरिक्षक सुरेशकुमार साहले जानकारी दिए । अतिक्रमित संरचनाका कारण सहरको प्रमुख केन्द्र नै अस्तव्यस्त भएपछि खाली गराइएको उनले बताए ।

सडकछेउका फुटपाथ पसल, ठेला, टहराले सवारीको आवागमन र पैदलयात्रीलाई समेत ओहोरदोहोर गर्न समस्या हुने गरेको थियो । उक्त क्षेत्रमा फलफुलका साना बिक्रेता, कपडाका पसल, खाजाका ठेलाले आवागमनमा अस्तव्यस्तता सिर्जना गरेको ट्राफिक प्रहरीको भनाई छ । अतिक्रमित संरचनाका कारण मुख्य बजार क्षेत्र प्रवेश गर्ने घण्टाघरमै सर्वसाधारणले सास्ती ब्यहोर्दै आएका छन् । अब केही सहज हुने ट्राफिक प्रमुख साहले बताए । यो सुरुवात मात्रै भएको बताउँदै उनले सहरका अन्य क्षेत्रमा पनि सडक अतिक्रमण गरेर बनाईएका संरचना हटाउन अभियान नै चलाइने जानकारी दिए ।

यसै जिल्ला प्रहरी कार्यालय पर्सामा मंगलवार विहान ७ बजे सुराकिको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वी.म.न.पा. वडा नं.–१६ इनर्वा स्थित नेपालबाट भारततर्फ शंकास्पद रुप अवस्थामा दुई महिला र एक पुरुषलाई नियन्णत्रण लिएको हो । जिल्ला पर्सा वी.मा.न.पा वडा नं १६ बस्ने अपसाना खातुन, सोहि ठाउँ निवासी रेहाना खातुन र भारत बिहार जिल्ला मोतिहारी नयाँ टोल थाना चनपटिया वडा नं. २ बस्ने ६० वर्षीय जहुर आलमलाई १० किलो ५०० ग्राम लागु औषध चरेस, नगद तीन हजार नै सय ६९ भरतीय रुपैयाँ, आधार कार्डसहित पक्राउ गरिएको छ । हालका दिनहरुमा लागु औषध कारेबारी गर्नेहरुले गभवर्ती महिलाहरु, बालबच्चा सहित भएको महिलाहरुलाई प्रयोगमा लाइएको पर्सा प्रहरी उपरिक्षक गणेश रेग्मी बताउनुभयो ।

सोही दिन वी.म.न.पा. वडा नं.–१६ इनर्वास्थित प्रहरी पोस्टका प्रहरी टोलीले चेकप्वाईन्ट थपी विभिन्न सवारी साधन तथा पैदल यात्रु चेक जाँच गर्ने क्रममा दिनको १२ बजे तिर जिल्ला मकवानपुर हे.उ.म.न.पा. वाड नं.–१३ बस्ने वर्ष १८ को दिपेन्द्र खत्री, जिल्ला तनहुँ भिमात गा.पा. वार्ड नं.–९ बस्ने ३६ को राजेश राना भाटलाई नियन्त्रणमा लिई लागु औषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।

डाईजेपाम ५५ पिस, नाईदट्रोभेट ६० पिस, फेनारगन ५५ पिस लुप्रिजेसिक ५५ पिस सहित पक्राउ गरि जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरीक्षक गणेश रेग्मी बताए ।

यसैबीच आज विहानै ११ बजेको समयमा पर्साको वीरगंज महानगरपालिका वडा नं १ छप्कैयास्थित नेपाल–भारत सिमानामा नेपालतर्फ ३ फिटको लामो अजिंगरको बच्चा फेला पारी जिल्ला बन र्कायलय जिम्मा लगाएको छ ।