चितवनको सौराहामा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले शाखा तथा अभिकर्ताहरूको लागि आयोजना गरेको तालिम तथा अभिमुखीकरण कायक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा सञ्चालनमा आएका ४० भन्दा बढी शाखाका प्रदेश प्रमुख, शाखा प्रमुख तथा उत्कृष्ट अभिकर्ताहरू गरि करिब १०० जनाको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा कम्पनीका तर्फबाट कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्याल तथा सञ्चालक समितिका सदस्य इश्वरकुमार कार्कीबाट उपस्थित सम्पूर्ण कर्मचारी तथा अभिकर्ताहरूलाई आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न तथा व्यापार व्यावसाय वृद्धि गर्न प्रोत्साहित गर्नुको साथै उत्कृष्ट कर्मचारी तथा अभिकर्ताहरूलाई सम्मान समेत गर्नुभयो ।
उक्त कायक्रममा उपस्थित अभिकर्ता तथा कर्मचारीहरूले कम्पनीको योजना अनुसारको लक्ष्य प्राप्ति गर्न ऐक्यबद्वता समेत जनाउनु भयो । कार्यक्रममा अभिकर्ताहरूको लागि विशेष किसिमको उत्प्ररेणात्मक कार्यक्रम कम्पनीले आयोजना गरेको थियो ।
प्रतिक्रिया