नेपाल विद्यार्थी संघले १२औँ महाधिवेशन सुनिश्चित गर्न माग गर्दै प्रदर्शन गरेको छ । नेविसंघ महाधिवेशन पक्षधर विद्यार्थीले आज संघको महाधिवेशन आउन छ महिना बाँकी रहँदा पनि केही काम नभएको भन्दै अविलम्ब जिल्लाका निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गर्दै प्रदर्शन गरेको हो ।
प्रदर्शन विश्वभाषा क्याम्पसबाट शुरु भएर नेविसंघ केन्द्रीय कार्यालय धोबीधारा पुगेर कोणसभामा परिणत भएको थियो । नेविसंघका कोषाध्यक्ष शिव रिमालले नेविसंघलाई समयानुकूल बनाउने उद्देश्यले नेतृत्वलाई दबाब दिन प्रदर्शन गरिएको बताउनुभयो ।
‘महाधिवेशन भएको डेढ वर्षसम्म पनि विवाद भएका जिल्लाको निर्वाचन हुन सकेको छैन, विभाग गठन हुन सकेको छैन, यस्तै तरिकाले संगठन अगाडि बढे तोकिएको समयमा महाधिवेशन हुन सक्दैन, त्यसैले महाधिवेशनको सुनिश्चत गर्नु हाम्रो माग हो’, उहाँले भन्नुभयो ।
कार्यक्रममा नेविसंघ केन्द्रीय सदस्य सुशील तिमल्सेना, अर्जुन बम, पुजन गन्धर्व, पुनम लामा, एलिजा ढकाल, सतिस श्रेष्ठ, महेन्द्र हमालका साथै उपत्यकाका विभिन्न क्याम्पसका अध्यक्षलगायत करिब ४०० विद्यार्थीको उपस्थिति थियो ।
प्रतिक्रिया