एकता प्रक्रियामा अब वाइसिएलले घच्घच्याउने

एकता प्रक्रियामा अब वाइसिएलले घच्घच्याउने


पार्टी एकता प्रक्रिया सुस्त भएपछि नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाइसिएलले नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकता प्रक्रियालाई सार्थक निष्कर्षमा पु¥याउन विशेष पहल गर्ने भएको छ ।

विहिबार राजधानीमा सम्पन्न वाइसिएलको बैठकले जनताले नै वाम एकतालाई अनुमोदन गरेको निष्कर्ष निकाल्दै त्यसैका आधारमा तत्काल एकतालाई निष्कर्षमा पु¥याउन आह्वान गर्ने निर्णय गरेको हो ।

सो संगठनका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा)का अनुसार बैठकले आगामी फागुन १ गते ‘जनयुद्ध’ को २३ औँ वार्षिकोत्सवलाई देशव्यापी रुपमा मनाउने निर्णय गरेको छ । जनयुद्ध दिवस मनाउनका लागि इटहरीमा पूर्ण भुजेल, पर्सामा लालेन्द्रकुमार मण्डल, काठमाडौँमा ज्ञानबहादुर गुरुङ, चितवनमा केहरसिंह कुँवर, कास्कीमा विनय थापा, रुपन्देहीमा गंगा कार्की, दाङमा गणेश शाही, बाँकेमा रतन शाही, सुर्खेतमा गगनबहादुर मल्ल र कैलालीका लागि सुरज सिंहलाई संयोजक तोकेको छ ।