नगदसहित सात जुवाडे पक्राउ

नगदसहित सात जुवाडे पक्राउ


काभ्रेपलाञ्चोक, पनौती नगरपालिका–७ स्थित एक घरमा तास खेलिरहेका सात जुवाडेलाई रु ६८ हजार ३४० सहित प्रहरीले पक्राउ गरेको छ ।

दुर्गा तामाङका घरमा जुवा तथा तास खेल्ने तथा खेलाउने गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

पक्राउ पर्नेमा पनौती–१ का छिरिङ तामाङ र रमेश तामाङ, पनौती–४ का शेरमान तामाङ, बुद्ध लामा र श्याम तामाङ तथा पनौती–७ बस्ने राज केसी र घरधनी दुर्गा रहेको इप्रका बनेपाका प्रहरी निरीक्षक सुनिलजङ्ग शाहले जानकारी दिए । राससमा जनाइएअनुसार उनीहरुलाई जुवा ऐनअन्तर्गत मुद्दा चलाइने बताइएको छ ।