नबिल बैकको सिइयो बन्ने दाउमा बसेका बैंकर अनिल शाह सोही बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) पदमा नियुक्त भएका छन् । बैंक संचालक समितिको बैठकले शाहलाई (डेपुटी सिइओ) पदमा नियुक्त गरेको हो ।
नेपाल राष्ट्र बैंकले ६ महिने कुलिङ पिरियड लागू गरेपछि बैंकर शाहको नविल बैंकमा सिइयो बन्ने बन्ने ढोका बन्द भएको थियो । मेगा बैंक छाडेर सेञ्चुरी कमर्सियल बैंक जान तयार भएका शाह शशिन जोशीको बहिर्गमनपछि नबिल जान लागेका थिए ।
राष्ट्र बैंकको ६ महिने कुलिङ पिरियडले शाहको नबिलमा सिइयो बन्ने ढोका बन्द भएपछि नविल संचालक समितिले केही समय निमित्तमा नियुक्त गरेर भित्र्याउने निर्णय गरेको बैंक स्रोतले जनाएको छ । बैठकले कुलिङ पिरियड सकिएपछि शाहलाई सिइयोमा नियुक्त गर्ने समेत निर्णय गरेको बुझिएको छ ।
बैंकहरुमा नयाँ निति ल्याएको राष्ट्र बैंकको निर्णयलाई नबिलले धज्जी उडाउँदै शाहलाई निमित्तको जिम्मेवारी दिएको छ । शाह ८ वर्षअघि नबिलकै सिइओबाट बाहिरिएका थिए ।
प्रतिक्रिया