सुष्मा स्वराजले आज राष्ट्रपति, प्रधानमन्त्री र प्रचण्डसँग भेट गर्ने

सुष्मा स्वराजले आज राष्ट्रपति, प्रधानमन्त्री र प्रचण्डसँग भेट गर्ने


२ दिने नेपाल भ्रमणमा रहेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराज राजनीतिक भेटघाटमा ब्यस्त छिन् । उनले आज राष्ट्रपति, प्रधानमन्त्री र प्रचण्डसँग भेट गर्ने कार्यक्रम छ ।

काठमाडौं आएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी विदेश मन्त्री स्वराजले आज राष्ट्रपति, प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सँग भेटघाट गर्ने कार्यक्रम रहेको बुझिएको हो ।

स्वराजले अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट गरिरहेकी छिन् ।
होटल सोल्टीमा भेट भइरहेको स्रोत बताएको छ । उनिसँग पछिल्लो राजनीतिक परिस्थिति र आपसी हितकाबारेमा छलफल भइरहेको बताइएको छ ।

यस्तै नेपाल भ्रमणमा रहेकी स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितल निबास र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटन बालुवाटार जाने कार्यक्रम तय भएको छ । मध्यान्न साँढे १२ बजे प्रधानमन्त्री देउवार स्वराजबीच बालुवाटारमा भेट गर्ने तालिका रहेको छ ।

यस्तै, स्वराजले मधेस केन्द्रित दलका शिर्ष नेताहरुसँग पनि भेटबार्ता गर्ने र आजै दिउँसो ३ बजे स्वदेश फर्किन कार्यक्रम तय भएको बताइएको छ ।

स्वराजको यो भ्रमणलाई धेरैले शंकाको दृष्टिकोणले हेरेका छन ।