भरुवा बन्दुुकसहित राउत पक्राउ

भरुवा बन्दुुकसहित राउत पक्राउ


रौतहट प्रहरीले अवैध भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ ।

बन्दुुकसहित पक्राउ पर्नेमा गुुजरा नगरपालिका–३ बलुुआटोलका ३५ वर्षीय धरीछन राउत रहेको प्रहरीले जनाएको छ ।

भरुवा बन्दुुकसहित नियन्त्रणमा राखी आवश्यक अनुुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामकुमार दानीले बताए ।

राउतले उक्त बन्दुक बोकेर शिकार गर्ने उद्देश्यले जंगलतर्फ गइरहेको क्रममा बिहीबार प्रहरी चौकी हरिनगरको टोलीले विशेष सूुचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पछिल्लो केही समयदेखि वन क्षेत्रमा चोरी शिकारी बढेको पनि स्थानीयले जनाएका छन् ।