भारतीय केन्द्रीय सरकारका गृहमन्त्री तथा भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहले मुलुकको केन्द्रीय बजेट २०१८ ले गरेका प्रस्तावहरू ‘ऐतिहासिक’ भएको बिहीबार बताएका छन ।
भारतीय परिवहन मन्त्री नितिन गडकरी ले बजेटले शहर र गाउँबीचको दूरीलाई कमी गरेर लान बताउनुभयो । मन्त्री गडकरीले भने, ‘दश करोड परिवारलाई पाँच लाखको स्वास्थ्य वीमा गर्ने वजेटको प्रस्ताव एक बृहद कदम हो । यो ऐतिहासिक बजेट हो ।’
गृहमन्त्री सिंहले ‘बजेट प्रगतिशील तथा समुन्नत भारतका’ लागि आएका बताए । यसले भारतको गाउँ र शहरबीच रहँदै आएको दूरीलाई नजीक पार्न पुलको काम गर्ने उनको प्रतिक्रिया रहेको छ ।
यो एक बृहद् बजेट हो जसले गरिब, किसान, तथा जनजातीको लागि धेरै कुराको घोषणा गरेको छ ।
‘यो बजेटले विश्व बजारमा भारतलाई मजबुत शक्तिशाली अर्थतन्त्रका रूपमा स्थापित गर्नेछ,’ सिंहले एएनआईलाई दिएको प्रतिक्रियामा बताए ।
यसैगरी अर्थमन्त्री अरुण जेट्लीले यो बर्षको बजेटले खासगरी कृषि क्षेत्रलाई मजबुत पार्ने, शिक्षा, स्वास्थ्यसेवा तथा भौतिक संरचनाको सुधार गरी चार धारणालाई मुख्य केन्द्रमा राखेको बताए ।
जेट्लीले आफ्नो सरकारको आयुष्मान भारत योजना अन्तर्गतको पाँचौ बजेटमा जनताको स्वास्थ्य सेवालाई निकै उचाइमा पु¥याउने नयाँ दुई मापदण्डमा भएको घोषणा गरे ।
जेट्लीले कर्पाेरेट आम्दानी कर कम्पनीका लागि २५ प्रतिशत कटौति गरिने प्रस्ताव ल्याएका छन । यो योजना बार्षिक दुई अर्ब ५० करोड भारतीय रुपैँयासम्मको कारोबार गर्ने कम्पनीका लागि लागु हुने उनले बताए ।
बजेट प्रस्ताव प्रस्तुत गर्दै जेट्लीले भने, कर्पोरेट कर परिवर्तनले करिब सात हजार भारतीय कम्पनीमा सुधार आउनेछ भने यस योजनाका कारण सरकारले उठाउँदै आएको राजस्वमा ७० अर्ब भारतीय रूपैँया बराबरको कमी आउनेछ ।
यसबाट प्रधानमन्त्री नरेन्द्र मोदी सत्तामा आएको आर्थिक बर्ष २०१४–०१५ मा ३४.४५ उठ्ने कर्पोरेट करमा कमी आई २०१७–०१८ मा २८.१८ प्रतिशत राजस्व उठ्ने जेट्लीको आँकलन छ । (रासस-एएनआई)
प्रतिक्रिया