सुष्मा स्वराज र प्रचण्डबीच के कुराकानी भयो ?

सुष्मा स्वराज र प्रचण्डबीच के कुराकानी भयो ?


भारतीय विदेश मन्त्री सुष्मा स्वराजले  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरिरहेकी छन् । सोल्टी होटलमा भएको भेटमा पछिल्लो राजनीतिक परिस्थिति र आपसी हितकाबारेमा छलफल भएको बताइएको छ । बिहीबार नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री स्वराजले शुक्रबारको पहिलो भेट प्रचण्डसँग गरेकी हुन् ।

भेटपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै माओवादी अध्यक्ष प्रचण्डले भने ‘चुनावपछिको राजनीतिक परिस्थिति र नयाँ सरकार गठनका बारेमा सकारात्मक र रचनात्मक कुराकानी भए ।’

स्वराजले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नेछिन् ।स्रोतका अनुसार, मधेस केन्द्रित दलका नेताहरुसँग पनि स्वराजले भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।

सुष्मा स्वराज सवा २ बजे एयरपोर्टतर्फ प्रस्थान गरी ३ बजे स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।