संसदीय दलको नेता छान्न सातै प्रदेशमा काङ्ग्रेसले खटायो प्रभावशाली नेता

संसदीय दलको नेता छान्न सातै प्रदेशमा काङ्ग्रेसले खटायो प्रभावशाली नेता


प्रदेश सभामा संसदीय दलको नेता चयन गर्नका लागि नेपाली कांग्रेसले सातै प्रदेशमा पार्टीका प्रभावशाली एवं केन्द्रिय  नेताहरु पठाएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले प्रदेशमा केन्द्रिय नेताहरु खटाउने निर्णय गरेको हो ।

निर्णय अनुसार प्रदेश १ मा मिनेन्द्र रिजाल, प्रदेश २ मा विमलेन्द्र निधी, प्रदेश ३ मा डिना उपाध्याय प्रदेश ४ मा गोविन्द भट्टराई ,प्रदेश ५ मा वालकृष्ण खााण प्रदेश ६ मा ह्दयराम थामी र प्रदेश ७ मा एनपी साउद खटाउने निर्णय गरिएको छ ।

संसदीय दलको नेता चयन र दलको सञ्चालनको विधी मस्यौदा गर्न तिन सदस्यीय समिती गठन गरिएको छ । नेता मिनेन्द्र रिजाल संयोजक रहेको समितीमा केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेल र सुचना अधिकारी केशव रिजाल सदस्य छन् ।