अमेरिकामा खेलकुद सामग्रीको जोहो गर्दै राजमन्त्री चौधरी

अमेरिकामा खेलकुद सामग्रीको जोहो गर्दै राजमन्त्री चौधरी


युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले अमेरिकाको पोर्टल्यान्डमा आइओएफटीसीका पदाधिकारीसंग भेटघाट र छलफल गरेका छन् ।

समग्र नेपाली तेक्वान्दोको विकासको लागि कार्य गर्दै आएको आइओएफटीसीले पोटल्याण्डमा मन्त्री चौधरीलाई स्वागत गरेको थियो ।

विश्वका विभिन्न मुलुकमा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप प्रतियोगिताको आयोजना गर्दै आएको आइओएफटीसीको निमन्त्रणामा राज्यमन्त्री चौधरी गतसाता अमेरिकाको पोर्टल्यान्ड पुगेका हुन् ।
सो अवसरमा मन्त्री चौधरीले पोर्टल्यान्डमा रहेको ग्रान्डमास्टर दिवाकर महर्जनद्वारा सञ्चालित युएस वल्र्डक्लास तेक्वान्दो हलिउड स्कुलको अवलोकन गरेका थिए ।

आइओएफटीसी हेडक्वाटरका प्रतियोगिता निर्देशक महर्जनले मन्त्री चौधरीलाई ६० हजार रुपैयाँ बराबरको खेलकुद सामाग्री प्रदान गरेका थिए ।

खेलकुद सामग्री हस्तान्तरण पछि मन्त्री चौधरीले विदेशमा बस्ने र खेलकुदलाई माया गर्ने व्यक्तित्वहरुले महर्जनले जस्तै खेलकुदलाई सहयोग गरे नेपाली खेलकुदले नयाँ गति लिए बताएका थिए । साथै चौधरीले खेलकुद सामग्री प्रदान गरेकोमा महर्जन लगाएत आइओएफटीसीका पदाधिकारीहरुलाई धन्यावाद ज्ञापन गरेका थिए ।