सदीना र सरोज ग्रेजुएसनमा सफल

सदीना र सरोज ग्रेजुएसनमा सफल


नेपाली महिला राष्ट्रिय बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठ र विराटनगर बास्केटबल एकेडेमीका सरोज लम्सालले जर्मनीको लेप्जिग विश्वविद्यालयबाट आईटीके कोर्समा ग्रेजुएसन गरेका छन् ।

सदिनले बास्केटबलको अन्तर्राष्ट्रिय कोर्स गरेकी हुन् भने सरोजले स्पोर्ट्स म्यानेजमेन्ट कोर्समा ग्रेजुएसन गरेको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष समेत रहेका नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पाले जनाएका छन् । लामा अहिले जर्मनीमै रहेका छन ।