जुनियर यु–१८ टेनिसमा एघार राष्ट्रको सहभागिता

जुनियर यु–१८ टेनिसमा एघार राष्ट्रको सहभागिता


अखिल नेपाल लनटेनिस संघको आयोजनामा नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस प्रतियोगिता माघ २२ गते सोमबारदेखि हुने भएको छ ।

प्रतियोगिताअन्तर्गत सर्किट– १ फेब्रुअरी ५ देखि १० तथा सर्किट– २ फ्रेब्रुअरी १२ देखि १७ तारिखसम्म सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने लनटेनिस संघकि अध्यक्ष ज्योती राणाले जानकारी गराएकि छिन् सर्किट १ र २ मा समान ३२–३२ ब्वाइज÷गल्र्सको सहभागिता रहने छ ।
प्रतियोगितामा नेपालसहित जापान, भारत, थाइल्यान्ड, चीन, पोल्यान्ड, चाइनिज ताईपेईं, क्यानाडा, लाओस, हङकङ र अमेरिका गरी ११ राष्ट्रको सहभागिता रहने बताइएको छ । ब्वाइज÷गल्र्स सिंगल्स र डबल्समा प्रतिस्पर्धा हुनेछ ।