रावा बैंकमा गाभिँदै एनआइडिसी

रावा बैंकमा गाभिँदै एनआइडिसी


नेपाल औद्योगिक विकास निगम (एनआइडिसी) डेभलपमेण्ट बैंक लिमिटेड राष्ट्रिय वाणिज्य बैंकमा गाभिने भएको छ ।

राष्ट्रिय बाणिज्य बैंकको आज शनिबार बस्ने बिशेष साधारण सभाले एनआइडिसीलाई प्राप्ती गर्ने निर्णय  गर्नेछ ।

राष्ट्रिय बाणिज्य बैंक संचालक समितिका अध्यक्ष डा.रबिन्द्र पाण्डेको अध्यक्षतामा बस्ने बिशेष साधारण सभाले एनआइडिसीलाई बाणिज्य बैंकमा मर्ज गराउने निर्णय गर्नेछ ।

साधारण सभा होटल ¥याडिसनमा अहिले १० बजे बस्ने कार्यक्रम तय भएको छ । एनआइडिसी डेभलपमेन्ट बैंक राष्ट्रिय वाणिज्य बैंकमा गाभ्नको लागि एकबर्ष अघि नै मन्त्रिपरिषद बैठकले मर्जर प्रस्ताव पारित गरेको थियो ।