साताको शेयर समिक्षा : शेयर बजारमा झिनो सुधार

साताको शेयर समिक्षा : शेयर बजारमा झिनो सुधार


साताभरीको शेयर बजारमा केही सुधारका लक्षणहरु देखापरेपनि कारोबार रकममा भने गिरावट आएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।

नेप्सेको कारोबार मापक सूचक पहिलो दिनको तुलनामा शेयर बजार ५ दशमलव ५७ अंकले बढेर अन्तिम दिन एकहजार ४ सय ११ दशमलव ५२ अंकमा उक्लिएको नेप्सेले जनाएको छ । यो साता क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा समेत वृद्धि देखिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
१ दशमलव ११ अंकले सेन्सेटिभ इन्डेक्स २ सय ९८ दशमलव १२ अंकमा उक्लिएको छ ।

साताभरीको कारोबारमा सूचक केही बढेको भएपनि कारोबार रकममा भने गिरावट आएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर बजारमा एक अर्ब ३६ करोड ८८ लाख ९१ हजार रुपैयाँ बराबरका ३४ लाख ७३ हजार २० कित्ता शेयर खरीद बिक्री भएका थिए ।

यो साता कारोबार रकम आठ करोड २५ लाख २० हजार रुपैयाँको आधारमा सानिमामाई हाइड्रो पावरको सबैभन्दा बढी शेयर कारोबार भएकोमा दुई लाख कित्ता शेयरको आधारमा नेपाल बैंक लिमिटेड शेयर कित्ताको आधारमा सबैभन्दा बढी कारोबार भएको नेप्सेले जनाएको छ ।

साताको शेयर बजारमा चार कम्पनीका बोनस शेयर सूचीकृत हुन पुगेका छन् । काबेली विकास बैंक, सिदार्थ इन्स्योरेन्स कम्पनी, ग्लोबल आइएमइ बैंक र लक्ष्मी बैंकको बोनस शेयर सूचीकृत भएका छन् ।

कारोबार रकम गत साता भन्दा २१ दशमलव २८ प्रतिशत कम हो । गत साता एक अर्ब ७३ करोड ९० लाख १४ हजार रुपैयाँको कारोबार भएको थियो ।