यातायात महासंघको नेतृत्व कर्माचार्यको काँधमा

यातायात महासंघको नेतृत्व कर्माचार्यको काँधमा


नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा योगेन्द्रनाथ कर्माचार्य निर्वाचत भएका छन् । निकटतम प्रतिद्वन्द्वी डोलनाथ गौतमलाई २ सय ७९ मत अन्तरले पछि पार्दै कर्माचार्य विजयी बनेका हुन् । कर्माचार्यले ९८७ मत प्राप्त गरेका छन् ।

विजयी कर्माचार्यलाई नेपाली कांग्रेसको समर्थन रहेको थियो भने खनाललाई वाम गठबन्धनको समर्थन रहेको थियो । महासंघको वरिष्ठ उपाध्यक्षमा विजयबहादुर स्वाँर, हरिशरण केसी र दीपक अधिकारी विजयी भएका छन् । यस्त,ै उपाध्यक्षमा पुष्पा श्रेष्ठ, सानुकाजी प्रजापति, जितबहादुर भारती, रामप्रसाद सुवेदी, एनकुमार साई, कृष्णप्रसाद सुवेदी र प्रभुप्रसाद कलवार मत प्राप्त गरी विजयी भएका छन् भने मालबाहकतर्फको उपाध्यक्षमा यादवलाल श्रेष्ठ विजयी बनेका छन् ।

यस्तै, महासचिवमा पुण्यप्रसाद सिटौला, उपमहासचिवमा वसन्त भण्डारी, डेकनाथ गौतम र रवि रिमाल मत प्राप्त गरी विजयी हुनुभएको छ । सचिवमा नन्दलाल श्रेष्ठ, शम्भुप्रसाद रिजाल र शेखरनाथ सिटौला मत प्राप्त गरी विजयी बनेका छन् । कोषाध्यक्षमा किरणकुमार खड्का र सहकोषाध्यक्षमा डम्बरराज पन्त मत प्राप्त गरी विजयी हभएका छन् ।